सत्ता गठबन्धनका ४ दलले गठबन्धनलाई निरन्तरता दिने

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) र राष्ट्रिय जनमोर्चाले पुन: गठबन्धनलाई निरन्तरता दिने जनाएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी आज जारी गरिएको प्रेस विज्ञप्तिमा ‘मुलुकका सामु विद्यमान चनौतीहरुको सामना गर्नु पर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ’ उल्लेख छ । यी ४ दलको यो निर्णयले नया सरकार गठनमा देखिएको अन्यौल समाप्त भएको छ ।

Leave a Reply