६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सरोकारवाला बीच ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर महानगरपालिका र ६७औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति , ललितपुरको संयुक्त आय‍ोजनामा सहकारीमा देेखिएका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार ललितपुरमा सम्पन्न भयो । सरोकारवालाहरु बीच सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यले सहकारीले समाजमा पु-याएको योगदानको चर्चा गर्दै सहकारीमा देेखिएका समस्या सम्बोधन गरि यसलाई मर्यादित र व्यवस्थित बनाउन ललितपुर महानगरपालिका लागिरहेको बताउनुभयो ।

यसैगरी राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महिला उपाध्यक्ष इन्दिरा पन्तले सहकारी क्षेत्रमा देेखिएका समस्या समाधान गरि सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको दरिलो खम्बा बनाउन सबै सहकारीकर्मीहरु एकजुट हुनुपर्नेमा ज‍ोड दिनुभयो । सहकारीसँग बाझिएका ऐनहरु संशोधन गराउन र सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण , कर्जा सुरक्षण कोष सञ्चालनका लागि राष्ट्रिय सहकारी महासंघले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलशीबहादुर श्रेष्ठले सहकारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पु-याएको योगदान महत्वपूर्ण भएकोले सहकारीमा सुशासन कायम गरि यसलाई मर्यादित बनाउन आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघ लि.,ललितपुर र ६७औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका अध्यक्ष केदार ग‍‍ोर्खाली (श्रेष्ठ))को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणेशमान सिंह मेमोरियल हस्पिटलका अध्यक्ष समेत रहेका राष्ट्रिय सहकाारी महासंघ लि., नेपालका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारी क्षेत्र राजनीतिको शिकार हुँदा यो क्षेत्रमा समस्या आएको भन्दै सहकारी क्षेत्रमा राजनीतिकरण हुन नहुने बताउनुभयो । राष्ट्रिय सहकारी दिवसको बारेमा प्रकाश पार्दै उहाँले सरकार र सहकारी अभियान मिलेर सहकारीको विकास र प्रवर्द्धनमा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख सहजीत राईले छलफलमा उठेका सहकारी समस्या सर‍ोकारवालाहरुसँग छलफल गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता गरेेका गोर्खालीले सो अवसरमा कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संंघ लि.का क‍ोषाध्यक्ष समेत रहेका बहुउद्देश्यीय सहकारी संंघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले कार्यकममा स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीमा देखिएका समस्या समाधानका लागि सरकार र सहकारी अभियान सँगसँगै हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभय‍ो । कार्यक्रम सञ्चालन गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले सहकारी ऐनमा व्यवस्था भएका कर्जा सूूूचना केन्द्र, कर्जा असुली न्यायधिकरण र कर्जा सूूरक्षण कोष जस्ता प्राबधान तत्काल कार्यान्वयन गनु पर्ने बताउनुभयो । ललितपुरका सहकारीकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा जिल्ला सहकारी संंघ लि.,ललितपुरकी उपाध्यक्ष शशि खड्का गुरुङले सहकारी क्षेत्रलाई मर्यादित बनाई यसको विकास र प्रवर्द्धनमा सबै आ-आफ्न‍ो ठाउँबाट लाग्नु पर्ने बताउनुभयो ।

जिल्ला सहकारी संंघ लि., ललितपुरका व्यवस्थापक मनु जी.सी. लगायतले संयोजनकारी भूमिका निर्वाह गरेको त्यस कार्यक्रममा अध्यक्ष ग‍ोर्खालीले प्रस्तुुत गरेको कार्यपत्र तल प्रस्तुत गरिएको छ ।

Leave a Reply