६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा बुहत विचार गोष्ठी सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि.,काठमाडौंको आयोजना तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संंघ लि.को सह-आयोजनामा सहकारी क्षेत्रमा देखिएको समस्या र यसको समाधान विषयक बृहत विचार ग‍‍‍‍ोष्ठी काठमाडौंको सिंहदरबारस्थित स्काई दरबार बैङ्क्वेटमा २०८० चैत्र २० गते सम्पन्न भयो । जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष सुमन के.सी.को अध्यक्षतामा सम्पन्न सो विचार गोष्ठीको बिघटित संविधान सभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय सहकारी महासंघ ग्लोबल बोर्डकी पूर्व सदस्य ओमदेवी मल्लले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले नेपालको संविधानमा सहकारी राष्ट्रिय अर्थतन्त्रको तीनमध्येको एउटा खम्बा भनेर उल्लेख भएको छ र सहकारीले पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ तरपनि राज्यले त्यस अनुरुपको व्यवहार नगरी सहकारीलाई पक्षपातपूर्ण व्यवहार गरेको बताउनुभयो । उहाँले ‘जब काठमाडौंका सहकारीकर्मीहरु जुरुक्क उठछन्- समस्या समाधान हुन्छ । सुशासन यहींबाट शुरु गरौँ । मेरो धरातल पनि काठमाडौं भएकोले जिल्ला सहकारी संघ लि., काठमाडौं मेरो माइती जस्तो लाग्छ’, भन्नुभयो ।

विचार ग‍ोष्ठीमा भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपिनाथ मैनालीले सहकारी क्षेत्रमा देखिएको समस्या र त्यसको समाधानको उपाय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष एवं जिल्ला सहकारी संघ लि.,काठमाडौंका पूर्व अध्यक्ष टेकप्रसाद चौलागाईँ , नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पर्यटन केन्द्रीय सहकारी संघ लि. र बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले सो कार्यपत्र माथि आ-आफ्नो धारणा व्यक्त गर्दै सहकारीको विकास र प्रवर्द्धनबाट मात्रै देशको समृद्धि सम्भव भएकोले सहकारी क्षेत्रलाई मजबुत बनाउन राज्य र सहकारी अभियान मिलेर अगाडि बढ्नु पर्ने खाँचो औंल्याउनुभयो ।

गोष्ठीको अध्यक्षता गर्दै जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष के.सी.ले यस गोष्ठीमा कार्यपत्र प्रस्तोता विषय विज्ञ रहेकोले उहाँको यस कार्यपत्रबाट सहकारीकर्मीले उर्जा प्राप्त गर्ने तथा सह्कारीमा सुशासन र पारदर्शिताले सह्कारी मजबुत बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका पूर्व कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरूले सहकारी क्षेत्रमा देखिएक‍ो समस्या समाधान गर्न राज्यले सहकारी ऐन र नियमावलीमा व्यवस्था भएको कर्जा असुली न्यायधिकरण , कर्जा सुरक्षण कोष , कर्जा सूचना केन्द्र जति सक्तो छिटो सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो ।

गोष्ठीमा धन्यबाद मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि.,काठमाडौंकी वरिष्ठ उपाध्यक्ष अमरावती बलामी महर्जनले महिला सहकारीकर्मीलाई प्राथमिकतामा राख्दै सह्कारी अभियानमा महिलाहरुको नेतृत्व विकास गर्न जिल्ला सहकारी संघ लि.,काठमाडौंले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

ग‍ोष्ठीको सञ्चालन गर्दै जिल्ला सहकारी संघ लि.,काठमाडौंका महासचिव बालकुमार बास्तोलाले आगामी दिनमा यस जिल्लाभित्र रहेका सबै बिषयगत सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, बागमती प्रोस्कुन लगायतसँगको सहकार्यमा आगामी कार्यक्रम आयोजना गर्ने र काठमाडौंको सहकारी अभियानको नेतृत्व जिल्ला सहकारी सघ लि.,काठमाडौंले गर्ने उद्घोष गर्नुभय‍ो ।

गोष्ठीमा काठमाडौंका सहकारीकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

चन्द्रागिरिमा प्रभातफेरी कार्यक्रर सम्मपन

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० चैत्र २० गते चन्द्रागिरि नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुले प्रभातफेरी कार्यक्रम गरेका थिए ।

पाँच तारा साकोसको आयोजनामा बुहत रक्तदान कार्यक्रम सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० चैत्र २० गते काठमाडौंको पेप्सीकोला टाउनप्लानिङमा आफ्नै भवनबाट समुदायमा आधारित रहेर सञ्चालन भइरहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेेेडक्रस सोसाइटी, भक्तपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १२१ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यस अवसरमा आय‍‍ोजक पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष भोलानाथ पाठकले प्रोत्साहन स्वरुप रक्तदाताहरुलाई टीसर्ट र प्रमाण-पत्र प्रदान गर्नुभयो ।

Leave a Reply