कर्मणा साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको सातदोबाटोमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा २०८२ पुस १९ गते शनिबार ललितपुर पार्टी प्यालेस सातदोबाटोमा सम्पन्न भयो ।

राष्ट्रिय सहकारी नियमन प्राधिकारणको निर्दशन पालना गरि सम्पन्न भएको उक्त साभारण सभाको सो संस्थाका संस्थापक सदस्य देवीप्रसाद घिमिरेले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।

साधारण सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन तथा चालु आ.व.को लागि वार्षिक कार्ययोजना प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष सहदेव बञ्जाराले ‘कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य धेय आफना सदस्यहरुक‍ो आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा परिवर्तन गर्ने र समग्रमा आर्थिक रुपमा सक्षम र सवल बनाउने रहेको छ’, भन्नुभयो । आ.व.२०८१/०८२ को आषाढ मसान्तसम्म यस संस्थामा रु.६५,०४,२५,९७८ रुपैया कुल सम्पत्ति बनेको बताउदै उहाँले ‘बाह्य परिस्थिति प्रतिकूल रहेको अवस्थामा यस संस्थालाई अझ क्रियाशील र विश्वासिलो संस्था बनाउन कारोबारमार्फत सहयोग गर्नु हुने सदस्य महानुभावहरुप्रति हामी कृतज्ञता व्यक्त गदर्छौ’, भन्नुभयो । उहाँले सो संस्थाको गतिविधि र वित्तीय अवस्थाको बारेमा चर्चा गर्दै संस्थाको २५ वार्षिक साधारण सभासम्म आइपुग्दा यस संस्थाको सहकारी क्षेत्रमा अलग्गै परिचय बन्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णबहादुर महतले संस्थाको लेखा सुपरीवेक्षण समितिको आ.व.२०८१/०८२ को प्रतिवेदन र कोषाध्षक्ष प्रतिभा प्रधानले संस्थाको आ.व.२०७१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदन पारित गरिएको थियो । साधारण सभाले ४ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको सोही संस्थाका प्रबन्धक रमेश घिमिरेले अलगपथलाई बताउनुभयो ।

सो संस्थाका अध्यक्ष सहदेव बञ्जाराले अध्यक्षता, उपाध्यक्ष विष्णु दाहालले स्वागत मन्तव्य र सतिव रेवतीप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको साधारण सभामा ७० वर्षमाथिका जेष्ठ शेयर सदस्यहरु सुवाषचन्द्र राजभण्डारी, इन्द्रप्रसाद दाहाल , कविता आले, विश्वरेता प्रधान, भेषकुमारी घिमिरे, श्रीमला श्रेष्ठ,कृष्ण माई बजगाईँ , सीतादेवी तिमिल्सिना, झन्ककुमारी घिमिरे र भरतबहादुर खड्कालाई जेष्ठ सदस्य सम्मानबाट सम्मानित गरिय‍ो । त्यस्तैगरी साधारण सभामा उत्कृष्ट कारोबार गरेर संस्थामा उल्लेखनीय योगदान गरेका सो संस्थाका शेयर सदस्यहरु भरतकुमार बजगाईँ, राजेन्द्र के.सी.उपेन्द्रकुमार घिमिरे, ,राजन दाहाल, सरस्वती तिमिल्सिना, सीता महत, कृष्णबहादुर मल्ल श्रेष्ठ,सरोज दाहाल, कमलप्रसाद दाहाल, प्रकाश दाहाल, सन्तोष तिमिल्सिना, राजन घिमिरे, रसमाया गुरुङ, गोविन्दप्रसाद घिमिरे,रामहरि सत्याल,सारथि घिमिरे, कृतज्ञ डंगोल र सुजनप्रसाद घिमिरेलाई पुरस्कृत गरी सम्मान गरियो । यसैगरी साधारण सभामा लामो समयदेखि निष्ठापूर्वक कार्य गरिरहनुभएका त्यसै संस्थाका प्रबन्धक रमेश घिमिरेलाई कदर-पत्र सहित कर्मणा रजत वर्ष कर्मचारी सम्मानबाट सम्मानित गरियो ।

साधारण सभामा सम्मानित हुनुभएकी कविता आलेले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभा शुरु हुनु अघि आ.व.२०८१/०८२ मा दिवंगत भएका त्यस संस्थाका शेयर सदस्यहरु कान्छी घिमिरे, नीलप्रसाद घिमिरे,भविनकुमार राई, प्रेमप्रसाद बजगाईँ, प्रमिला घिमिरे र नारायणबहादुर श्रेष्ठप्रति शोक प्रकट गरि उहाँहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

साधारण सभामा सो संस्थाको २५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गरेका २७ जना रक्तदाता सहित सो रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पु-याएका सबैलाई धन्यबाद ज्ञापन गरियो ।

साधारण सभामा उक्त संस्थाका २,३०० जना शेयर सदस्मध्ये १,६५० जनाको सहभागिता रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *