अग्रज महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको चाँगुनारायण नगरपालिकाको पिखेलमा केन्द्रीय कार्यालय र छालिङमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल रेडक्रस सोसाइटी , भक्तपुर शाखाको समन्वयमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।

रक्तदाताहरुलाई आयोजक अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष सन्तोषी खतिवडा कार्की

लगायतले प्रमाण-पत्र प्रदान गर्नुभयो । डेंगु रोगका कारण रगत अभाव भएर कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै आयोजकले त्यस रक्तदान कार्यक्रममा रक्तदान गर्ने र सो रक्तदान कार्यक्रमलाई सफल पार्न गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको छ ।

स्थानीय समुदायमा आधारित सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा शिक्षा/ तालिम , रक्तदान कार्यक्रम , सरसफाई , स्वास्थ्य शिवीर , सम्पदा सरसफाई लगायतका रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले आफ्नो तरलता र वित्तीय अवस्था राम्रो रहेको जनाएको छ ।

गत असोज १ गते त्यसै संस्थाकी अध्यक्ष सन्तोषी खतिवडा कार्कीको अध्यक्षता तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख आतिथ्यता र नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गको विशेष आतिथ्यता सम्पन्न सो संस्थाको निर्वाचन सहितको १३औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सन्तोषी खतिवडा कार्की अध्यक्ष रहेको सञ्चालक समिति र विना बस्नेत संयोजक लेखा सुपरीवेक्षण समिति क्रियाशील छ ।

Leave a Reply