अग्रज महिला साकोसले २०७८ कार्तिक ३० गते विहान चाँगुनारायण मन्दिर सरसफाई गर्ने

भक्तपुर/ भक्तपुरको चाँगुनाराक्षण नगरपालिका-५, पिखेलमा केन्द्रीय कार्यालय रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.ले २०७८ कार्तिक ३० गते चाँगुनारायण मन्दिर सरसफाई गर्ने जनाएको छ । सो दिन बिहान ७:०० बजेदेखि शुरु हुने उक्त सरसफाई कार्यक्रममा सहभागी हुनको लागि सोही संस्थाका शेयर सदस्यहरुलाई अनुरोध गरेको त्यसै संस्थाकी व्यवस्थापक तुलना खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा उल्लेख छ ।

यही कार्तिक २४ गते सम्पन्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक पदमा निर्वाचित हुनु भएकोमा त्यसै संस्थाकी अध्यक्ष सन्तोषी खतिवडा (कार्की) सहित सो संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उक्त संस्थाले सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेको छ ।

Leave a Reply