उपासना महिला साकोसका शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण आजबाट शुरु

काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुको पाठेघरको क्यान्सर रोगको परीक्षण सहित शरीरको पूरै स्वास्थ्य परीक्षण (Hole body check up) आजबाट शुरु भएको छ । आउदै गरेको क्रिसमस पर्व तथा अग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा सो संस्थाले सुभेच्क्षा हस्पिटल, सितापाइलासँगको सहकार्यमा आजबाट शुरु भएको स्वास्थ्य परीक्षण २०७९ पुस १५ गतेसम्म हरेक बिहान ७:३०देखि ९:३० सम्म सञ्चालन हुने छ र VIA बिशिष्ट पाठेघर क्यान्सर पाटन हस्पिटलका डाक्टरको चेक जाच शुक्रबार ,आइतबार र बिहीबार दिनको १ बजेबाट शुभेच्छा हस्पिटल, सितापाइलामा हुने उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले बताउनुभयो । यसमा महिलाको सबै चेक जाच र डाक्टर फी सहित रु.४,००० र पुरुषको सबै चेक जाच र डा. दीपक श्रेष्ठको फी सहित ३,५०० शुल्क तिर्नु पर्ने बताउदै रू.९,००० खर्च लाग्ने स्वास्थ्य जाच खर्चमा भारी छुट गरी उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य महानुभावहरुले रु. ४,००० र रु.३,५०० शुल्कमा आ-आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्ने उहाँको भनाई छ । उहाँले ‘समय-समयमा मोटरसाइकल गाडी लगायतका सवारी साधनको सर्भिसिङ गरे जसरी नै आफ्ना शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण (whole body check up) प्याकेज कार्यक्रम अगाडि बढाउदै आएकोमा यस वर्षबाट हाम्रो यो संस्थाले शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण (whole body check up)को प्याकेज कार्यक्रमसँगै एकै पटक एक मुष्ठ रकम भुक्तानी गर्न गाह्रो भएर शेयर सदस्यहरुको स्वास्थ्य परीक्षणमा समस्या नहोस् भन्ने उद्देश्यले यसका लागि शेयर सदस्यहरुबाट मासिक रुपमा स-सानो रकम जम्मा गर्ने उद्देश्यले स्वास्थ्य बचत कार्यक्रम सञ्चालन शुरु गरेको छ’, भन्नुभयो ।


आउदै गरेको क्रिसमस पर्व र अग्रेजी नव वर्ष २०२३ को पावन अवसरमा सुभकामना आदान प्रदान सहित त्यस संस्थाले यही बुधबार आयोजना गरेको कार्यक्रमका बीच गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सपना राजभण्डारी र समानुपातिकतर्फबाट बागमती प्रदेश सभा सदस्यमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित हुनुभएका राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक र जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलाई कार्यकाल सफलताको कामना सहित बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

आफ्ना शेयर सदस्यहरुलाई उद्यमशील बन्न प्रोत्साहन र आवश्यक सहयोग गर्दै आएको त्यस संस्थाले समय-समयमा शिक्षा तथा तालिम सहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त संस्थाका केन्द्रीय कार्यालयका अतिरिक्त रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालनमा छन् ।

Leave a Reply