उपासना महिला साकोस र आईएमई लाइफ इन्स्य‍ोरेन्स लि. द्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. र आईएमई लाइफ इन्स्य‍रेन्स लि.को संयुक्त आयोजनामा ऋण परिचालन , यसको कानूनी व्यवस्था र ऋणको वीमा सम्बन्धी एक दिवसीय तालिम २०७९ चैत्र ११ गते शनिबार सम्पन्न भयो । काठमाडौंक‍ो सीतापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमारावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न सो तालिममा वीमाको महत्व, उत्पत्ति र यसको सम्पूर्ण विवरण बारेमा प्रशिक्षक सुनिल अधिकारी , लघु कर्जाको वीमा सम्बन्धमा प्रशिक्षक श्रीराम पोखरेल र सहकारीमा ऋणको कानूनी व्यवस्था के छ ऐन नियममा भन्ने बारेमा प्रशिक्षक उज्वल खनालले सहजीकरण गर्नुभयो । दिउसो १ बजेदेखि ५ बजेसम्म ३ वटा शेसनमा सञ्चालन भएको यो तालिममा लघुवित्तका प्रमुखहरु. उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा सुपरीबेक्षण समिति र ऋण उप- समितिका पदाधिकारी तथा सदस्य , कर्मचारीहरु गरी ४० जनाको सहभागिता रहेको थियो । यस तालिममा उपासना महिला सहकारी संस्था लि.का अतिरिक्त अन्य ५ वटा सहकारी संस्थाका ऋण अधिकृतहरुको पनि सहभागिता रहेको थियो । तालिम आयोजक उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष तालिममा सहजीकरण गरेका प्रशिक्षकहरुलाई माायाको चिनो र सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो ।

तालिमको अध्यक्षता गर्दै उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष महर्जनले

तालिमको उद्देश्य बारे प्रकाश पार्दै आफ्ना शेयर सदस्यमुखी भएर शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै अगाडि बढिरहेको हाम्रो यस उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. सदस्य ज्यूहरूको निरन्तर साथ र सहयोगले गर्दा छुट्टै परिचय निर्माण गरी अगाडि बढ्न सफल भएको बताउनुभयो । उहँले वित्तीय कारोबार रुपैया पैशाको कार‍ोबार भएकोले वित्तीय कारोबार गर्नेहरु सबै एउटै चौतारीमा आएर एकजुट हुनु पर्ने खाँचो औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *