संस्थाको विनियम अनुसार नचलेको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका २ वटा सहकनरी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा काठमाडौं महानगरपालिका वडा नं.५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र काठमाडौं महानगरपालिका वडा नं.७, चावहिलमा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लि.को नाम उल्लेख छ ।






