कोअपरेटिभ म्यानेजर्स क्लव, काभ्रेपलाञ्चोकको प्रारम्भिक साधारण सभा सम्पन्न , अध्यक्षमा बस्नेत चयन

बनेपा / कोअपरेटिभ म्यानेजर्स क्लव, काभ्रेपलाञ्चोकको प्रारम्भिक साधारण सभा बिहीबार सम्पन्न भयो । सोही क्लवका अध्यक्ष विवेकराज ठकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक गोपाल दाहाल , सचिवमा आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ठाकुरनाथ अधिकारी र कोषाध्यक्षमा आयाम बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक सविना पन्त तथा सदस्यमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक मनोज रायमाझी , महिला आधारशिला बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक यशोदा के.सी. , सक्षम बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक पार्वती थापा , आभाष बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सुभाष वैद्य र एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक अरुण थापा हुनुहुन्छ । क्लवका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा , को अपरेटिभ म्यानेजरले क्लव , काभ्रेपलाञ्चोकका नि:बर्तमान अध्यक्ष विवेकराज ठकुरी लगायतले बधाई ज्ञापन गर्नु भएको थियो ।

काभ्रेपलाञ्चक जिल्लामा सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरुको भेलाबाट सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायीकरणका लागि संगठित संस्था बनाउने उद्देश्यका साथ गत वर्ष बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीको अध्यक्षतामा सो क्लव गठन भएको थियो । त्यस क्लवको गत भदौमा जिल्ला प्रशासन कार्यालय , काभ्रेपलाञ्चोकमा विधिवत दर्ता गरिएको थियो । यसले सहकारी संस्थाहरुमा नीति , विधि र प्रविधिको विकास तथा सुशासनमा जोड दिएको छ ।

Leave a Reply