कोपोमिस प्रणालीमा आवद्ध हुन सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.को अनुरोध

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई २०७९ असार मसान्त भित्र कोपोमिस पृरढालीमा आवद्ध हुन अनुरोध गरेको छ । गत हप्ता आफ्ना भरतपुर र टाँडी शाखाको संयुक्त आयोजनामा चितवनका सहकारी संघ/संस्थाहरुका लागि वार्षिक योजना तथा बजेट तर्जुमा विषयक तालिका सञ्चालन गरे सो बैंकले कोपोमिस प्रणालीको युजर नेम र पासवर्ड लिन छुट भएका सहकारी संघ/संस्थाहरुले नियमनकारी निकाय या सहकारी विभागमा सम्पर्क गरी लिन सकिने जनाएको छ ।

यसैगरी सहकारी विभागले पनि कोपोमिस प्रणालीमा २०७९ असार मसान्त भित्र आवद्ध नहुने सहकारी संघ/संस्थालाई सेवा सुविधाबाट बञ्चित गरिने बताउदै आएको छ तर कतिपय सहकारी संस्थाका सञ्चालकहरु भने राज्यको नियमनकारी निकायले फिल्डमा नै पुगेर सहकारीको प्रभावकारी ढंगबाट सुपरीवेक्षण र अनुगमन नगर्दासम्म कोपोमिस प्रणालीमा आवद्ध भएर मात्रै सहकारीमा सुशासन कायम हुन कठिने हुने बताउछन् । राज्यको सम्बन्धित नियमनकारी निकायले सहकारीको प्रभावकारी सुपरीवेक्षण र अनुगमन नगर्दा कतिपय सहकारी संस्थामा संकट उत्पन्न भएको र त्यसैले गर्दा राम्रोसँग सञ्चालन भइरहेका सहकारी संघ/ संस्थाहरुले समेत बद्नामी सहनु परेको उनीहरुको भनाई छ ।

Leave a Reply