जनता साकोसको कुल कारोवार २७,३१,११,७०३ रुपैया

भक्तपुरको सूर्यविनयक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.मा २०७९ भदौ ३४ गतेसम्म शेयर सदस्य संख्या ३,१२३ , शेयर पूँजी रु.३,२४,६८,८०० , निक्षेप संकलन रु.२१,१३,०९,८०१.४२ , ऋण लगानी रु.२२,३९,८१,९८० ,जगेडा कोष रु.५१,७६,६७३.४२ र कुल कारोवार रु.२७,३१,११,७०३ रहेको सोही संस्थाका व्यवस्थापक रेशमान राजथलाले अलगपथलाई बताउनुभयो । आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको उक्त संस्थाका व्यवस्थापक राजथलाले हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्य महानुभावहरुलाई उपचार खर्च सहित १४ प्रतिशत भन्दा बढी लाभांश प्रदान गर्न सफल भएको जानकारी दिनुभयो ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाको यही भदौ १८ गते शनिबार यचु पार्टी भेन्यु शंखधरचोकमा १८औं वार्षिक साधारणसभा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको नेफ्स्कूनका भूतपूर्व अध्यक्ष तथा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको जनता साकोसले छोटो समयमा उल्लेख प्रगति गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन महत्वपूर्ण योगदान गर्नुका साथै आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको पोगदानको प्रशंसा गर्नुभयो । उहाँले सहकारीलाई मर्यादित बनाउन सबै जिम्मेवार बन्नु पर्ने आवश्यकता औंल्याउदै सहकारीको विकास र प्रवर्द्धनका लागि राज्य र सहकारी अभियान हातेमालो गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजु , सूर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष लछुमन न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नु भएको थियो । उहाँहरुले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने खाँचो औंल्याउनु भएको थियो ।

साधारण सभामा सो संस्थाको आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरु मेहनत र परिश्रमका कारण हाम्रो यस संस्थाले निरन्तर प्रगति गरी सहकारी क्षेत्रमा अलग्गै परिचय बनाउन सफल भएको भन्दै त्यसका लागि सबैमा धन्यबाद ज्ञापन गर्नुभयो ।

उक्त साधारण सभामा सोही संस्थाका सचिव राजु प्रजापतीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष कृष्णगोपाल राजथलाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकान्छा राजथलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरुले छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो ।

साधारण सभामा जेष्ठ शेयर सदस्य चलमान राजथला र मैया खड्का , असल बचतकर्ता समिता महर्जन राजथला, जनक थापा मगर र मायादेवी श्रेष्ठ प्रधान , कनिष्ठ शेयर सदस्य विशव राजथला , असल नारी समूहहरु नितु राजथला (समूह ६९), ज्ञानी राजथला (समूह ६९), राजेश्वरी राजथला (समूह ६९)), देवलक्ष्मी राजथला (समूह ६९), चन्द्रलक्ष्मी श्रेष्ठ (समूह ६९), सीता आछामी (समूह ५१), होमकुमारी काफ्ले (समूह ५१), सुदीपा काफ्ले (समूह ५१), जमुना काफ्ले श्रेष्ठ (समूह ५१), गंगा काफ्ले (समूह ५१), शोभा ध्वजु (समूह ८३), कान्छी बस्नेत (समूह ८३), अमृता खड्का (समूह ८३), जमुना खड्का (समूह ८३), सुभद्रा खड्का (समूह ८३) , बिन्दा खत्री (समूह ८३), अञ्जना उप्रेती (समूह ९१),शोभा उप्रेती (समूह ९१),शान्ति खड्का (समूह ९१), रञ्जना पण्डित (समूह ९१) र लक्ष्मी बिष्ट (समूह ९१), अधिकतम सदस्य विस्तारकर्ता रविन राजथला (कर्मचारी तर्फबाट), राजु प्रजापती (पदाधिकारी तर्फबाट) र कोपिला श्रेष्ठ (संस्थाको सदस्य तर्फबाट) , असृ ऋणी सदस्य हरु रामशरण श्रेष्ठ, सरोजा फाजु र विपना देशारलाई सम्मान गरिएको थियो । यसैगरी २०७८ सालको एस.ई.ई.मा सर्वोत्कृष्ट जीपीएका साथ उत्तीर्ण हुने त्यसै संस्थाका सदस्यहरु रोजन श्रेष्ठ (जीपी ३.८), समिक्षा राजधला (जीपीए ३.६) र प्रनिश राजजथला (जीपीए ३.४) लाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।

त्यसै संस्थाका ३१ जना शेयर सदस्यहरुले चित्रपुरमा जनता स्टोर्स राम्रो सञ्चालन गरिरहेका छन् ।

Leave a Reply