तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा असल सदस्यहरु सम्मान

काठमाडौंको नैकापमा मुख्य कार्यालय र लघुवित्त कार्यक्रम तथा कलंकीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना आफ्ना उत्कृष्ट २० जना असल सदस्यहरुलाई सम्मान गरेको छ । यही असोज ८ गते शनिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष कृष्णबहादुर उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सो संस्थाको १५औं वार्षिक साधारण सभामा उहाँहरुलाई सो सम्मान गरिएको हो । त्यसै अवसरमा सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७८ सालको एस.ई.ई. र २०७९ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीएका साथ उत्तीर्ण भ एका २/२ जना छात्रा र छात्रहरुलाई ट्रफी र नगद पुरस्कार प्रदान गरी अभिनन्दन गरिएको थियो ।

त्यसै संस्थाका अध्यक्ष मनोज थापा मगरको आध्यक्षतामा सम्पन्न त्यस साधारण सभाको प्रमुख आतिथि उप्रेतीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा उहाँले आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी सञ्चालन भ इरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.का सबै सूचाकाङ्क राम्रो रहेको बताउदै बजारमा सहकारीको विरुद्ध फैल्याइएको हल्लाको पछि नलागी तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.जस्ता राम्रोसँग सञ्चालन भएका सहकारी संस्थामा निर्धक्क भएर वित्तीय कारोवार गर्दा राम्रो हुने बताउनुभयो । उहाँले राम्रोसँग सञ्चालन भएका सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि.को साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले प्रतिकूल अवस्थामा पनि आफ्ना शेयर सदस्यहरुलाई राम्रोसँग सेवा प्रवाह गरी अगाडि बढिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले राम्रोसँग प्रगति गरेको देखिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । सहकारी सिद्धान्त र नीति तथा विधि र पद्दति अनुरुप सञ्चालन भएका सहकारी संस्थाहरुको अवस्था राम्रो रहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंक लि.का कलंखी शाखाका प्रमुख रामकुमार तिमिल्सिना लगायतको आतिथ्यता रहेको उक्त साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष मनोज थापा मगरले त्यस संस्थाको गतिविधि , कार्यक्रम र वित्तीय अवस्थाको बारेमा प्रकाश पार्दै शेयर सदस्य ज्यूहरुको यस संस्थाप्रतिको अपार माया र सहयोग , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको क्रियाशीलता र कर्मचारीहरुको लगनशीलता र मेहनतले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले हाम्रो यस संसृथाले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवालाई थप गुणस्तरीय बनाउदै लाने प्रतिबद्धता व्यक्त गर्दै बडादशैं-२०७९ को पावन अवसरमा सो संस्थाका शेयर सदस्यहरु, कर्मचारीहरु र शुभचिन्तक सहित समस्त देशबासी नेपाली दिथीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति , सु-स्वास्थ्य , दीर्घायु र उत्तरोतर प्रगतिको कामना गरी शुभकामना व्यक्त गर्नुभयो ।

त्यस साधारण सभाले सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । ती प्रतिवेदनमा गत आर्थिक वर्ष सञ्चालन भएका कार्य तथा चालु आर्थिक वर्ष २०७९/०८० मा त्यस संस्थाले सञ्चालन गर्ने कार्यक्रम र योजना उल्लेख छ ।

Leave a Reply