नवकान्तिपुर साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न , सदस्यलाई १८ प्रतिशत लाभांश प्रदान

काठमाडौंको बत्तीसपुतलीमा मुख्य कार्यालय र इन्द्रचोक सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा२५औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले अध्यक्षता र का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारण सभाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद डा.चन्द्रमणि अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा अर्थविद डा.अधिकारीले

यो साधारण सभामा प्रस्तुत भएका प्रतिवेदनबाट नवकान्तिपुर साकोस सबै हिसावले स्वस्थ र मजबुत बनेर अगाडि बढेको र यो संस्था नमुना संस्था बनेको देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको अवस्था बारे प्रकाश पार्दै उहाँले ‘राष्ट्रिय अर्थतन्त्रको अंग र यस भित्रको सम्भावना बनेको सहकारी क्षेत्रलाई न सरकारले सुरक्षा प्रदान गर्न सक्यो ,न नेपाल राष्ट्र बैंकले बैंक तथा अन्य वित्तीय संस्थालाई सुरक्षा गरे जसरी यसलाई कसैले सुरक्षा प्रदान गर्न सकेको छ तथापि आज सहकारीको अपरिहार्यता बढेको छ’, भन्नुभयो । कतिपय सहकारीले नजानेर गल्ती गरेका छन् , जानेर गल्ती गर्ने सहकायी संस्था त अति थोर छन् भन्दै उहाँले सहकारी मात्रै होइन स्वदेशमा मात्रै नभई विदेशमा समेत कतिपय वैंक तथा वित्तीय संस्थाको अवस्था खराव रहेको दृष्टान्त प्रस्तुत गर्नुभयो । सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक राजन पन्तले

नवकान्तिपुर साकोसको थप प्रगतिको कामना गर्दै ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकले हेर्नु पर्ने आवाज उठ्ने गरेको भएपनि पर्याप्त कर्मचारीको अभाव र ऐनको समस्याले नेपाल राष्ट्र बैंकले सहकारीलाई हेर्न सक्ने अवस्था नरहेको बताउनुभयो । त्यसै अवसरमा अडिटर्स एसोशिएशनका पूर्व अध्यक्ष तथा सहकारी विश्लेषक कमल खरेलले नवकान्तिपुर साकोसले बिगत ३ वर्षको तुलनामा यो बर्ष धेरै आम्दानी गरी मुनाफा आर्जन गर्नुका साथै आफ्ना शेयर सदस्यलाई १८ प्रतिशत लाभांश दिन सकेको बताउनुभयो । उहाँले सहकारीको विकास र प्रवर्द्धनमा सरकार लाग्नु पर्ने खाँचो औल्याउनुभयो ।

साधारण सभामा सोही संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्ताको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक बद्री सेढाईले लेखा सुपरीवेक्षण समितिको पृरतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदन उपर शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट पारित गरियो ।

काठमाडौं , ललितपुर , भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका भर कार्यक्षेत्र रहेको सो संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा रु.४,०८,७३,२२४.१४ सञ्चालन मुनाफा आर्जन गरेको र विगतको तुलनमा सो वर्ष व्याज आम्दानी बढेको तर अन्य खर्च भने घटेको ती प्रतिवेदनमा उल्लेख छ । यो संस्थाले काठमाडौंको गौशालामा एटीएम मेसिन राखेर एटीएम सुबिधा प्रवाह सहित प्रविधिको उच्चतम उपयोग गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।

साधारण सभामा प्रमुख अतिथि र विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ‌। त्यसै सभामा उक्त संस्थाका जेष्ठ शेयर सदस्यद्वय प्रेमलता देवी रौनियार र कृष्णबहादुर श्रेष्ठलाई प्रति व्यक्ति रु.१०,००१ प्रदान गरी सम्मान गरियो । त्यसैगरी सभामा शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७८ सालको एस.ई.ई.मा उत्कृष्ट जीपीए हासिल गरी उत्तीर्ण हुने आरोही पोखरेल, रायन विष्ट , ग्लोरिया थपलिया , आर्यन शाही , प्रयोक्शा श्रेष्ठ , रिशब गौतम , युनिका सापकोटा , दिप्सन काफ्ले , सोवी हुमागाई र निशान खरेललाई रु.१०,००१ का दरले नगद पुरस्कार र प्रमाण-पत्र प्रदान गरी सम्मानित गरियो ।

Leave a Reply