तरलता व्यवस्थापनको असहज स्थितिमा पनि गोदाबारी नगरपालिकाका-३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० भएको आर्थिक कारोबारबाट रु.८५ लाखभन्दा बढी मुनाफा आर्जन गरेको जनाएको छ । स्थानीय समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरि आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको यो संस्थाको आर्थिक वर्ष २०७९/०८०को आर्थिक कारोबारको खाताबन्दी सुखद ढंगबाट सम्पन्न भएको सोही संस्थाका कोषाध्यक्ष देवराज गिरीको भनाइ छ । त्यस भेगमा स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेका सहकारी संस्थाहरु मध्येको यो संस्थालाई आर्थिक वर्ष २०७८/०७९ मा गरेको आर्थिक कारोबारको आधारमा गोदाबारी नगरपालिकाकाको उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरि उत्कृष्ट सहकारी व्यवसायिक पुरस्कारबाट ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सम्मान गरेको थियो ।






