नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभा आउदो पुस ८ गते हुने

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३१औं वार्षिक साधारण सभा आउदो पुस ८ गते विहान ८ बजेदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा हुने भएको छ । नेफ्स्कूनद्वारा मंगलबार जारी गरिएको सूचनामा सो कुरा उल्लेख छ ।

उक्त साधारण सभामा सोही संघको स्थापना स्थापना दिवसको अवसरमा घोषणा गरिएका विभिन्न विधाका पुरस्कार सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई प्रदान गर्ने बताइएको छ ।

Leave a Reply