पब्लिक को-अपरेटिभ लि.को आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

ललितपुर/ ललितपुरको जावलाखेल- धोबीघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.को आयोजनामा यही पुस २४ गते ललितपुर जिल्लाव्यापी अन्तर- विद्यालय स्तरीय बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सो संस्था स्थापना भएको रजत वर्षको अवसरमा आयोजित उक्त प्रतियोगितामा नर्सरी (Nursery) देखी यु के.जी.(u kg) सम्मको ग्रुप ए (Group A) मा अंकुर प्रि स्कुल अफ डे केयरका एभालिन महर्जन (10A) प्रथम , फोएनिक्स स्कुलका प्रयान्श प्रधान (4A) द्वितीय र रोज माउण्ट प्रि स्कुलका वी वी महर्जन (19A) तृतीय भएका थिए । त्यसैगरी कक्षा १ देखी ५ सम्मको ग्रुप बी (Group B) मा सेन्ट जेभियर स्कुलकी संरचना गिरी (54B) प्रथम, नाइटिंगेल इन्टरनेशनल स्कुलकी प्राज्ञी पाण्डे (8B) द्वितीय र इनोभेटिभ इंग्लिस स्कुलका प्रनेभ चित्रकार (30B) तृतीय भएका छन् । त्यस्तै कक्षा ६ देखी १० सम्मको ग्रुप सी (Group (C) मा ललितपुर माध्यमिक विद्यालयका आर्या अधिकारी (4C) प्रथम , ओमेगा हाइयर सेकेण्डरी स्कुलकी हेलिना श्रेष्ठ द्वितीय र आइडेल मोडेल हाइयर सेकेण्डरी स्कुलकी ललवा श्रेष्ठ तृतीय भएका थिए ।

विजेता प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठ र बरिष्ठ पौवा चित्रकार लोक चित्रकारले पुरस्कार प्रदान गर्न भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि श्रेष्ठले यस्ता रचनात्मक कृयाकलापले विद्यार्थीहरुको मानसिक विकासमा सहयोग पुग्ने भन्दै उक्त प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यसैगरी बरिष्ठ पौवा चित्रकार लोक चित्रकारले पव्लिक को-अपरेटिभ लि.ले आयोजना गर्दै आएको यस खाले प्रतियोगिताले विद्यार्थी र अभिभावकहरुको रचनात्मक कृयाशीलता बढ्ने बताउनुभयो । रविन महर्जन निर्णायक रहनु भएको त्यस कार्यक्रममा नेपाली कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सदस्य जितेन्द्र महर्जनले रजत वर्षमा प्रवेश गरेको पब्लिक को-अपरेटिभ लि.को उत्तरोतर प्रगतिको कामना गर्नुभयो । पब्लिक को-अपरेटिभ लि.का उपाध्यक्ष गुणमुनि शाक्यले सो प्रतियोगिताको अध्यक्षता गर्दै पब्लिक को-अरेटिभ लि.को समग्र अवस्थाको बारेमा प्रकाश पार्दै हाम्रो यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत ३ वर्षदेखि नियमित रुपमा चित्रकला प्रतियोगिता आयोजना गर्दै आएको र लाई आगामी दिनमा अझै थप व्यवस्थित गर्ने बताउनुभयो । सोही संस्थाका महिला तथा बाल उप-समितिकी संयोजक शारदा शाक्यले स्वागत मन्तब्य व्यक्त गर्नु भएको सो कार्यक्रम सोही संस्थाकी कर्मचारी सानु शाक्यले सञ्चालन गर्नु भएको थियो ।

गत मंसीर ४ गतेबाट रजत वर्षमा प्रवेश गरेको पब्लिक को-अपरेटिभ लि.ले आफ्नो रजत वर्षभरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सोही संस्थाका सचिव दिनेश ताम्राकारको भनाई छ ।

Leave a Reply