बरिष्ठ सहकारी अभियन्ता तथा नेेफ्स्कूूूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको गए राती ११:३० बजे निधन भयो । बिगत केही समययता स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पटक पटक अस्पतालमा भर्ना भएर उहाँ उपचार गराउदै आउनुभएको थियो ।
जीवनको महत्वपूर्ण समय सहकारी अभियानमा समर्पित गरेका दिवंगत प्रधानाङ्गले बचत तथा ऋण सहकारी संघ संंस्थाको केन्द्रीय छाता संघ नेफ्स्कूनको अध्यक्षको जिम्मेवारीमा रहेर लामो समय कार्य गर्नु्भएको थियो ।





