बलम्बु च्याउ सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभामा भिषा डेभिड कार्ड अनावरण

बलम्बु / काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले भिसा डेविड कार्ड अनावरण गरेको छ । यही पुस २४ गते सम्पन्न सो संस्थाको १३औं वार्षिक साधारण सभामा सो कार्डको बागमती प्रदेश की कृषि तथा पशुपञ्छी मन्त्री बसुन्धरा हुमागाईँले अनावरण गर्नु अनावरण गर्नु भएको हो । उक्त कार्ड भिषा नेटवर्कभित्र निःशुल्क रुपमा र अन्य नेटवर्क भित्र महिनामा २ पटकसम्म प्रयोग गर्न सकिने त्यसै अवसरमा जानकारी दिइएको थियो ।
सोही संस्थाका अध्यक्ष अमर सिंह महर्जनको अध्यक्षता तथा बागमती प्रदेशकी कृषि तथा पशुपञ्छी मन्त्री बसुन्धरा हुमागाईँको प्रमुख आतिथ्यतामा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि हुमागाईँले च्याउको उत्पादन , प्रवर्द्धन तथा अध्ययन र अनुसन्धानमा बलम्बु च्याउ सहकारी संस्था लि.ले महत्वपूर्ण योगदान गरिरहेको देखिएको भन्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यस अवसरमा बागमती प्रदेश सभा सदस्य रमा आले मगर , च्याउ विज्ञ डा. महेशकुमार अधिकारी लगायतले सो संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो । उक्त साधारण सभामा त्यसै संस्थाका अध्यक्ष महर्जनले त्यस संस्थाको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले बलम्बु च्याउ सहकारी संस्था लि.को समग्र गतिविधि बारे प्रकाश पार्दै च्याउको उत्पादन, विकास तथा अध्ययन र अनुसन्धान गरिरहेको हाम्रो यस संस्थाले बलम्बु तथा आसपासको क्षेत्रमा आधुनिक च्याउ खेतीको विकास गरी रोजगारी सृजना गर्ने उद्देश्यले कार्य गरिरहेको बताउनुभयो । सो सभामा त्यसै संस्थाको आर्थिक वर्ष २०७७/०७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका सचिव सुजिन्द्र महर्जनले सहकारीको सिद्धान्त , नीति , ऐन र नियमलाई पालना गरी सञ्चालन भइरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको र च्याउ खेतीतर्फ युवाहरुलाई आकर्षित गरी रोजगारी सृजना गर्ने उद्देश्यले कार्य गरिरहेको बताउनुभयो । उहाँले आफ्ना शेयर सदस्यहरु महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीरुखो योगदानका कारण निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको यस संस्थाले आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरिरहेको छ’, भन्नुभयो । त्यस्तैगरी उक्त सभामा सो संस्थाको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका कोषाध्यक्ष प्रदीप महर्जनले हाम्रो यस संस्थामा २०७८ असार मसान्तसम्म शेयर सदस्य संख्या २,९८६, शेयर पूँजी रु. ३ करोड २८ लाख ८४ हजार, निक्षेप संकलन रु.५१ करोड ८७ लाख ९६ हजार र जगेडा कोषमा रु.१ करोड ७ लाख ८५ हजार रहेको र आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा यस संस्थामा शेयरपुँजीमा ९.४७ प्रतिशत र निक्षेप संकलनमा ४६.४७ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

Leave a Reply