बागमती प्रदेश सहकारी संघ लि.को दोश्रो वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेश सहकारी संघ लिमिटेडको दोश्रो वार्षिक साधारण सभा ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा २०७९ पुस १० गते आइतबार सम्पन्न भयो । सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको बागमती प्रदेशका भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब बलराम निरौलाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो

। सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि निरौलाले सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन बागमती प्रदेश , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी अभियानसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । साधारण सभाको अध्यक्षता गर्दै सो संघका अध्यक्ष घिमिरेले बागमती प्रदेश संघ लि.को गतिविधि , योजना र कार्यक्रमबारे प्रकाश पार्दै सहकारीका विषयमा भइरेका निराधार नकारात्मक हल्लाको खण्डन गरी सहकारीको बारेमा सकारात्मक सन्देश प्रवाह हुनु पर्ने खाँचो औंल्याउनुभयो । सहकारीको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्दै उहाँले बैंकिङ क्षेत्रमा बढेको व्याजदरले सहकारी क्षेत्रलाई अशर गरेकोले बजारको अवस्था अनुरुप सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन हुनु पर्ने खाँचो औल्याउनुभयो ।

त्यसै संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले

स्वागत मन्तव्य र सचिव देवराज न्यौपानेले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा त्यसै संघका महासचिव भीमप्रसाद दाहालले संघको बार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक नेत्रलाल पौडेलले संघको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष टीकाराम पौडेलले संघको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा योजना प्रस्तुत गर्नुभयो । सभ्य र भव्य रुपमा सम्पन्न त्यस साधारण सभामा प्रतिनिधिहरु बीच छलफल गरी ती प्रतिवेदनहरु पारित गरिएको थियो । साधारण सभाले पारित गरेको प्रतिवेदनमा सो संघको शेयर पूँजी रु. ४९,२१,७४८.२९ रहेको उल्लेख छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक डीबी बस्नेत र नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरूको त्यस साधारण सभामा आतिथ्यता रहेको थियो । त्यस अवसरमा उक्त संघका अध्यक्ष घिमिरेले प्रमुख अतिथि निरौलालाई मायाको चिनो प्रदान गर्नुभयो ।


Leave a Reply