बागमती प्रोस्कूनले २०७८ मंसीर १८ गते आफ्नो प्रथम वार्षिक साधारण सभा गर्ने

बनेपा/ बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रथम वार्षिक साधारण सभा आउदो मंसीर १८ गते हुने भएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी बैंङ्क्वेटमा विहान ११:०० बजेदेखि शुरु हुने सो साधारण सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम , आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन , आर्थिक वर्ष २०७७/०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७७/०७८ लेखा परीक्षण प्रतिवेदनको सम्बन्धमा छलफल हुने सोही संघका महासचिव जिवसराज खड्काले बताउनु भएको छ । बनेपामा केन्द्रीय कार्यालय रहेको उक्त संघको काठमाडौंमा कर्पोरेट कार्यालय र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गर्ने योजना रहेको सोही संघका अध्यक्ष उद्धव सापकोटाको भनाई छ ।

Leave a Reply