भक्तपुर जिल्ला बचत संघको १८औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १८औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर पार्टी भेन्यू, भक्तपुरमा आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानाङले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाको कारोबार सहकारी संघमा गर्दा संरक्षित पूँजी फिर्ता, ऋणको सुविधा, शेयरमा लाभांश, बचतमा अधिकत्तम व्याज तथा सम्मान सहयोगको अवसर पाइने भएकोले बैंक तथा वित्तीय संस्थामा भन्दा सहकारी संघमै कारोबार गर्नु पर्ने बताउनुभयो । उहाँले नेपालको सहकारी विकासका लागि सरकार र सहकारी अभियान मिलेर अघि बढ्ने बाहेक विकल्प नरहेकोले एकले अर्कोको विरोध गर्नुको अर्थ नरहेको विचार व्यक्त गर्नुभयो । सो कार्यक्रमको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ष्णगोविन्द लाखाजुले संस्था स्थापनाकालदेखि प्रारम्भिक संस्था जिल्ला संघमा, जिल्ला संघ केन्द्रीय संघमा आबद्ध हुनै पर्ने तीन तह संरचनाको वकालमा हालसम्म पनि लागेको बताउनुभयो । यस संघले अन्तरलगानी, तालिम शिक्षा र बहस पैरबीको कामलाई निरन्तरता दिदैं आएको उहाँको भनाई थियो ।
कार्यक्रममा सोही संघका नि:र्वतमान अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्थामा ८८ हजार भन्दा बढी कर्मचारीहरु भएतापनि संगठित सञ्जाल नहुदाँ सहकारी कर्मचारीको बृद्धि विकास र रोजगारीको आकर्षक क्षेत्र हुन नसकेको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थामा एकीकृत कर्मचारी प्रशासन नियामावली लागू गरी सहकारीका कर्मचारीहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा उक्त संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सो संघ स्थापनाको बारेमा चर्चा गर्दै यो संघले १८ बर्षको अवधिमा आफ्नो गौरवशाली इतिहास बानाउन सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्यसै संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी ऐन, कानुन र मापदण्ड जारी भएतापनि कर्जा सूचना केन्द्र, कालोसुचीको व्यवस्था लगायतका व्यवस्था कार्यान्वनमा सरकार उदासिन देखिएको बताउनुभयो । सदस्य संस्थाहरुसँग अन्तरक्रिया सहित सम्पन्न त्यस कार्यक्रमको सञ्चालन सो संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले प्रदेश सरकारले जारी गरेको मापदण्ड, २०७७ को प्रस्तुतीकरण गर्नुभएको थियो । र्कायक्रमा त्यसै संघका सदस्य संस्थाहरुबाट १०३ जनाको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर नगरपालिका- ४, राममन्दिर, शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. सूर्यविनियक नगरपालिका- ६, सूर्यविनायक, नवज्योति बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरपालिका- ७., गुण्डु, किवाचोक, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका- ९, च्याम्हासिंह, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुरथिमि नगरपालिका- ४, शंखधरचोक, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका- २, व्यासी, सजिलो बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुरथिमि नगरपालिका- ५, चपाचो र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका- २, इताछेंलाई पुरस्कृत गरियो ।

त्यसैगरी उक्त कार्यक्रममा उक्त संघको सदस्य संस्थाहरुमध्येबाट सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि- २०७८ बमोजिम त्यसै संघको आगामी साधारण सभामा जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार- भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. च्याम्हासिंह , चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार- युवा बचत तथा ऋण सहकारी संस्था लि., नगरकोटफेदी, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार- सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., राममन्दिर, सुर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार- बगंलामुखी बचत तथा ऋण सहकारी संस्था लि., बालकोट र मध्यपुरथिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार- उपकार बचत तथा ऋण सहकारी संस्था लि., बहाखाबजारलाई प्रदान गर्ने घोषण गरियो ।

Leave a Reply