भक्तपुर बचत संघका उप-समिति सदस्य परिचयात्मक कार्यक्रम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु बीच परिचयात्मक कार्यक्रम २०८२ पुस १५ गते मंगलबार रोयल थाई हस्पिटालिटी, राधेराधे भक्तपुरमा सम्पन्न भयो ।

उक्त अवसरमा सोही संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी अभियानका मुद्दाहरुमा सो संघको धारणा प्रस्तुत गर्नुभयो । उहाँले सहकारी संघ संस्थालाई प्रतिकूल अशर पर्ने ऐन कानून तथा निर्देशनको संशोधनका लागि यस संघले कानुनी बहस पैरवी गदै आएको जानकारी दिनुभयो । उहाँले सरकार सहकारी ऐन, कानुन तथा निर्देशन सबै सहकारीलाई न्यायोचित हुने गरी जारी हुनुपर्नेमा त्यसो नभई जंगली न्यायको अवधारणाबाट प्रेरित भएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उक्त संघका उपाध्यक्ष जगनाथ प्रजापतिले नियमनकारी निकायले जारी गरेका सहकारी सम्बन्धी बहुनियमन र बहुनिर्देशनले सहकारीमा अन्यौलको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले सहकारीमा ठगी गर्नेहरुलाई तत्काल कारवाही गरी पीडितलाई राज्यले न्याय दिनुपर्ने माग गर्नुभयो ।
यसैगरी सो संघका लेखा सूपरीवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले यस संघद्वारा गठित उप-समितिमा मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदसंगै जिम्मेवारी पनि थप्पिदै जाने भएकोले जिम्मेवारी बहनमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संघको हरेक क्रियाकलाप सदस्य सस्था केन्द्रित रहेकोले सदस्य संस्थाको बृत्ति विकासमा टेवा पुग्ने बताउनुभयो ।
यस्तै त्यसै संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजुले यस संघको परिकल्पना, ध्येय, उद्देश्य र चुनौती बारेमा प्रस्तुती गर्नुभयो । उहाँले चालु आ.व.मा सदस्य संस्थाको संस्थागत, नीतिगत, जनशक्ति लगायतको बृत्ति विकासका लागि साधारण सभाको स्वीकृत बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउदै यश संघको उप-समितिको जिम्मामा रहेका तालिम तथा कार्यक्रम समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले यस संघले गर्दै आएको तालिम शिक्षा, कानुनी बहस पैरवी र अन्तर-लगानी लगायतका कार्यहरुको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा संघको १२ वटा उप-समितिमा मनोनित सदस्यहरुलाई मनोयन पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।

कार्यक्रममा समिति, उप-समितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारी गरी ५३ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको झलक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *