मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारी संघ/संस्थाहरुलाई बागमती प्रदेश सहकारी मन्त्रालयको निर्देशन

बागमती प्रदेश सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले आगामी मंसिर ४ गतेसम्म बागमती प्रदेश भित्रका सहकारी संघ/संस्थाहरुलाई आफ्नो वार्षिक साधारण सभा नगर्न निर्देशन गरेको छ । सो मन्त्रालयले आज जारी गरेको सूचनामा सो उल्लेख छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन आचार संहिता लागू भएको अवस्थामा बागमती प्रदेश भित्र रहेका कतिपय सहकारी संघ/संस्थाहरुका साधारण सभा गर्दा जनप्रतिनिधि , प्रतिनिधि सभा एवं र प्रदेश सभाका उम्मेद्वारलाई आमन्त्रण गरिएको भन्ने बुझिन आएकोले सो कार्यबाट निर्वाचन आचार संहिता उलंघन हुन देखिएकोले यो सूचना जारी गर्नु परेको सो मन्त्रालयको भनाई छ ।

Leave a Reply