ललितपुर महानगरपालिका वडा नं.७, भिञ्छेबहालमा रहेको मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को तरलताको अवस्था राम्रो रहेको जनाइएको छ । अलगपथसँग कुरा गर्दै सो संस्थाका व्यवस्थापक दुर्गारत्न बज्राचार्यले हाम्रो यस संस्थामा शेयर पूँजी रु.७३,८१,०००, बचत संकलन रु.६,३४,५८,७१८, ऋण लगानी रु.४,४३,२८,३८३ , जगेडा कोषमा रु.१६,९३,९४४, अन्य कोषहरुमा रु.९,२४,२५९, राष्ट्रिय सहकारी बैंक लि. नेफ्स्कून, जिल्ला सहकारी संघ लि.,ललितपुर र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा जम्मा शेयर रकम रु.३,३९,००० र आवधिक मुद्दती बचत रु.१,००,००,०००, तरलता १३.७ प्रतिशत र कूल कारोबार रु.७,४१,८३,१६१ रहेको बताउनुभयो । उहाँले ” सहकारीको सिद्धान्त, मूल्य र मान्यता भित्र रहेर सहकारी सहकारी सहकारी जस्तो भएर सञ्चालन हुनुपरो । त्यो भएपछि सहकारीमा समस्या आउदैन । यतिबेला विधि र पद्दति अनुरुप नचलेका सहकारी संंस्थाहरुमा समस्या आयो । त्यसैलाई देखाएर विधि र पद्दतिलाई पालना गरि राम्रोसँग सञ्चालन भइरहेका सहकारी संंस्थाथाहरुलाई बद्नाम गर्ने कार्य भइरा’को छ । यस्तो कार्य कसैले पनि गर्नु भएन । जहाँ समस्या छ , त्यहीं समाधान खोजियो भने सहकारीको समस्या समाधान हुन्छ । राज्यले राम्रो कार्य गरेका सहकारीलाई पुरस्कृत गर्ने र खराब कार्य गर्ने सहकारीलाई दण्डित गर्ने पद्द्ति बसाल्नुपर्छ । यसो गरियो भने मात्र सहकारीको विकास हुन्छ ” भन्नुभयो ।
ललितपुर महानगरपालिका वडा नं.६,७,८,९ र १७ नं.वडामा कार्यक्षेत्र रहेको यो संस्थामा विशेष गरि प्रस्तरकला (मूर्तीकला)सँगै हस्तकला र चित्रकलासँग सम्बद्ध सदस्यहरु रहेका बताइएको छ ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाको १५औं वार्षिक साधारण सभा गत असोज ५ गते सम्पन्न भएको थियो । शेयर सदस्यहरु बीच छलफल गरी सो साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/०८१ उक्त संस्थाको वित्तीय अवस्था तल प्रस्तुत छ ।






