माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा शनिबार आफैले सञ्चालन गरिरहेको फुटसलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईँले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो देखिएको बताउनुभयो । उहाँले यस संस्थाको तरलता र वित्तीय अवस्था राम्रो रहेको , आफ्ना शेयर सदस्यहरुलाई यसले राम्रोसँग सेवा प्रवाह गरिरहेको र सामाजिक उत्तरदायित्व अन्तर्गत यसले बिभिन्न रचनात्मक सामाजिक क्रियाकलापहरु सञ्चालन गरिरहेकोले यस संस्थामा शेयर सदस्यहरुले निर्धक्क साथ कारोवार गर्न आग्रह गर्नुभयो । राम्रोसँग सञ्चालन भइरहेका सहकारी संघ/ संस्थाहरुको साथमा राष्ट्रिय सहकारी बैंक लि. रहेको उहाँको भनाई छ । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं.११ का वडाध्यक्ष अरोजकुमार महर्जनले स्थानीय कला , संस्कृति र भाषाको विकास र प्रवर्द्धनका लागि कार्य गरिरहेको यस संस्थाको प्रवर्द्धनको लागि आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले त्यस संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यस संस्थाकै सञ्चालक समितिको सक्रियता , शेयर सदस्य ज्यूहरुको साथ , सहयोग र माया तथा कर्मचारीहरुको मेहनत र परिश्रमका कारण १३ वर्ष अगाडि रु.६ लाख ५० हजार पूँजीबाट स्थापना भएको हाम्रो यो संस्थामा यतिबेला रु.३७ करोड ५० लाख भन्दा बढी वित्तीय कारोवार पुगेको र चालु आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा यस संस्थामा रु.५ करोड शेयर पूँजी र रु.५० करोड वित्तीय कारोवार पु-याउने लक्ष्य रहेको बताउनुभयो ‌। उहाँले गत असार मसान्तसम्म हाम्रो यस संस्थाले आर्जन मुनाफाको आधारमा शेयर सदस्यहरुलाई कर नकटाई १४ प्रतिशत लाभांश प्रदान गर्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । यो वर्ष हाम्रो यो संस्थाले एसियाली सहकारी संघको कार्यक्रममा भाग लिन पाएको , यसका अध्यक्ष नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघ लि.को लेखा सुपरीवेक्षण समितिको संयोजक र यसै संस्थाकी ऋण उप-समिति सदस्य सविना बज्राचार्य ललितपुर जिल्ला उपभोक्ता सहकारी संघ लि.को लेखा सुपरीवेक्षण समिति सदस्य पदमा चयन भएको भन्दै उहाँले त्यस संस्थाको गतिविधि र कार्य प्रगतिबारे प्रकाश पार्नुभयो । साधारण सभामा त्यसै संस्थाकी कोषाध्यक्ष अञ्जु तण्डुकारले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच ती प्रतिवेदन उपर छलफल समाप्त भएपछि साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।

उक्त संस्थाका व्यवस्थापक सुनिल महर्जनले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा उक्त संस्थाका उत्कृष्ठ बचतकर्ता सदस्य भानुमाया महर्जन , उत्कृष्ट ऋणी सदस्य राजु पोडे हरिजन र उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि कञ्चना नापितलाई पुरसकार प्रदान गरी सम्मानित गरियो । यस्तैगरी शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७८ सालको एस.ई.ई. मा सर्वोत्कृष्ट जीपीएका साथ उत्तीर्ण भएका युशन तण्डुकार , सुलक्ष्या महर्जन , शिर्पा महर्जन , अनिषा श्रेष्ठ , निलिषा तण्डुकार , सफलता महर्जन , किशल दर्शन , श्रीया तण्डुकार , जिनिषा श्रेष्ठ, सिद्धान्त तामाङ, कृष न्यौपाने , लुजला नापित , उग्रेन बज्राचार्य , निषा श्रेष्ठ र विवश राईलाई प्रशंसा-पत्र सहित पुरस्कृत गरियो ।

जिल्ला सहकारी संघ लि., ललितपुरकी सञ्चालक तथा कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.की कोषाध्यक्ष शान्तलक्ष्मी खड्गी , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा लुज: बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष उर्मिला सापकोटा शाक्य , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक विनोद महर्जन , यल अन्तर सहकारी समन्वय समितिका सह-संयोजक तथा त:ननी बचत तथा ऋण हहकारी संस्था लि.का अध्यक्ष अष्ठलाल महर्जन , राष्ट्रिय सहकारी बैंक लि., लगनखेल शाखाकी प्रमुख रमा घिमिरे , यल अन्तर सहकारी समन्वय समितिका संयोजक तथा सेटलमेण्ट बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रणव श्रेष्ठ , सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नविन महर्जन , मणिडों बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नारायण तण्डुकार , पब्लिक को-अपरेटिभ लि.का अध्यक्ष महेशमान शाक्य , उत्सर्ग बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामसुन्दर श्रेष्ठ , नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष सुमित शाक्य , निलगिरी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मनोज महर्जन , सुमंगल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजु महर्जन , ज्वल न्ह्याक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञान नापित , स्वधन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुरेश महर्जन , तलाछें मंका खल:का अध्यक्ष आशाकाजी महर्जन सहित बिभिन्न सामाजिक संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ‌। साधारण सभामा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको त्यस सभामा भएको चिट्ठा कार्यक्रममा विजेता बनेका शेयर सदस्य शान्ति तण्डुकारलाई माइक्रो ओभन प्रदान गर्नुका सोही चिट्ठा कार्यक्रमका अन्य विजेतालाई चादीको सिक्का प्रदान गरिएको थियो । साधा

त्यसै संस्थाका सल्लाहकार , सञ्चालक समितिका बर्तमान र पूर्व र पदाधिकारी तथा सदस्यहरु , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका संयोजक र सदस्यहरु , शेयर सदस्यहरु र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको त्यस साधारण सभामा त्यसै संस्था ऋण उप-समिति सदस्य शुभरत्न बज्राचार्यले आफूले निर्माण गरेको माँ बंगलामुखीको प्रतिमा भएको शिला त्यसै संस्थाका अध्यक्ष अधिवक्ता महर्जनलाई प्रदान गर्नुभयो ।

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.ले त:ननी बचत तथा ऋण सहकारी संस्था लि.सँग मिलेर ललितपुर महानगरपालिका-११, शंखमुलमा लिटिल फ्लावर स्कूल सञ्चालन गरिरहेको छ भने ऊ एक्लैले माँ बंगलामुखी फुटसल , माँ बंगलामुखी जिमखाना लगायत सञ्चालन गरिरहेको छ ।

Leave a Reply