मेगाड्रिम सहकारी संस्थाले असार २० गते भित्र बक्यौता बुझाएमा हर्जना मिनाहा गर्ने

काठमाडौं/ काठमाडौंको माछापोखरीमा केन्द्रीय कार्यालय तथा काठमाडौंकै थानकोट , कालीमाटी , न्युरोड , चावहिल , जोरपाटी , भक्तपुरको गट्ठाघर र ललितपुरको चापागाउँदोबाटोमा रहेका सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बक्यौता बुझाउन बाँकी रहेका आफ्ना शेयर सदस्यले यही असार २० गतेभित्र बक्यौता बुझाएमा १०० प्रतिशत हर्जाना मिनाहा र व्याजमा ५ प्रतिशत छुट दिने जनाएको छ । सो संस्थाद्वारा जारी गरिएको सूचनामा यो सूचना जारी भएको मितिले १५ दिन भित्र यस संस्थाका शेयर सदस्य महानुभावहरुले यस संस्थाबाट लिएको ऋणको बुझाउन बाँकी सावाँ र व्याज ऋण लिदा कबुल गरेको सर्त अनुसार भुक्तानी गर्न अनुरोध गरेको उल्लेख छ ।

उक्त संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको त्यस संस्थाका सूचकहरुबाट देखिएको छ । त्यसै संस्थाका अध्यक्ष महाशंकर रेग्मीको नेतृत्वमा नयाँ सञ्चालक समिति बनेपछि उक्त संस्थाको भक्तपुरको गट्ठाघर र ललितपुरको चापागाउँदोबाटोमा सदस्य सेवाकेन्द्र सञ्चालनमा आएका छन् ।

Leave a Reply