नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्नुभएको छ । यही बैशाख १५ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले शर्मालाई सो प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न निर्णय गरेको बताइएको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकाारीबाट पद तथा गोपनियताको सपथ लिए लगत्तै शर्माले उक्त प्राधिकरणको जिम्मेवारी बहन शुरु गर्नुभएको जनाइएको छ ।






