राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाको उपाध्यक्षमा चयन

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती नेडा (NEDAC) को उपाध्यक्षमा चयन हुनुभएको छ । आज थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न नेडा (Network for the development of agricultural cooperative in Asia and Pacific) को साधारण सभा (General Assembly) बाट उहाँ उपाध्यक्षमा चयन हुनुभएको बताइएको छ । कार्यकालको सफलताको कामना सहित उहाँलाई सहकारी अभियानकर्मीहरु लगायतले बधाई ज्ञापन गरेका छन् ।

Leave a Reply