राष्ट्रिय सहकारी बैंक लि.द्वारा सदस्य संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.लि.ले आफ्ना सदस्य संघ /संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरेको र सो रकम सम्बन्धित सदस्य संघ/संस्थाको खातामा हाली दिएको जनाएको छ । सो बैंकको १८औं वार्षिक साधारण सभा अन्तर्गत २०७८ पुस १६ देखि २८ गतेसम्मको इकाई बैठकहरु र पुस ३० गते सम्पन्न इकाई प्रतिनिधिहरुको सभाले सर्वसम्मत सो निर्णय गरेको त्यसै बैंकका सूचना अधिकारी राजेश श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यसबाट उक्त बैंकका १३,७१२ सदस्य संघ/संस्थाहरु लाभान्वित भएको र त्यसमध्ये सबैभन्दा बढी शेयर लाभांश पाउनै एउटा मात्रै सदस्य संस्थाले रु.१ करोड २० प्राप्त गरेको बताइएको छ । त्यस बैंकले आर्थिक वर्ष २०७७/०७८ मा सदस्य संघ/संस्थाले गरेको कारोबारको आधारमा रु.१७ करोड भन्दा बढी संरक्षित पूँजी फिर्ता कोषको रकमको लागि छुटाएको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।

Leave a Reply