राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कँडेललाई प्रवल जनसेवा श्री बिभुषण

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष मिनराज कँडेल प्रवल जनसेवा श्री बिभुषणबाट सम्मानित हुनुहुने भएको छ । सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर संविधान दिवसको अवसरमा आज उहाँलाई सो बिभुषणबाट सम्मान गर्ने घोषणा गरिएको हो ।

बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका विधामा बिभुषणबाट सम्मान गरिने ९९८ जनामध्येमा सहकारी क्षेत्रको तर्फबाट राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष कँडेल सहित सोही महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती र जिल्ला सहकारी संघ लि., ललितपुरकी उपाध्यक्ष तथा ललितपुरको गोदाबारी नगरपालिका-१३, झरुवाराशीमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष शशि खड्का गुरुङलाई प्रवल जनसेवा श्री बिभुसणबाट सम्मान गर्ने घोषणा गरिएको हो ।

Leave a Reply