ललितपुर जिल्ला बचत संघको चुनावी साधारण सभा शुरु, बजगाईँ र महर्जनको प्यानल मैदानमा

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औं वार्षिक साधारण सभा ललितपुरको महालक्ष्मीस्थानस्थित त्रिशक्ति पार्टी प्यालेसमा शुरु भएको छ । यो साधारण सभाको औपचारिक कार्यक्रम सकिएपछि आजै दिउसो १२ बजेबाट अपरान्ह ४ बजेसम्म ४ बजेसम्म सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन हुदैछ । सो निर्वाचनमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँ र सोही संघका सञ्चालक नरेन्द्र महर्जन प्यानल सहित चुनावी मैदानमा छन् ।

सो चुनावमा विद्युतीय उपकरणको प्रयोग हुने बताइएको छ । त्यस चुनावमा सोही संघका सदस्य रहेका ४८१ वटा साकोसका मतदाता नामावलीमा नाम भएका प्रतिनिधिले मतदान गर्ने छन् । मतदान सकिएपछि आजै मतगणना गरी नतिजा सार्वजनिक गर्ने जनाइएको छ ।

Leave a Reply