वचन साकोसका प्रबन्ध निर्देशक देशमर्दन बस्न्यातलाई विद्यावारिधि उपाधि

काठमाडौं/ वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार काठमाडौंका प्रबन्ध निर्देशक देशमर्दन बस्न्यातले विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ । भर्खरै उहाँले भारतको उदैपुर स्थित प्यासिफिक एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्च युनिभर्सिटीबाट “The Relationship between Personality traits self-efficacy and organizational commitment among employees selected Nepalese Seving and Credit Cooperative (SACCOS)” विषयमा विद्यावारिधि गर्नु भएको हो । राष्ट्रिय सहकारी विकास बोर्डले प्रदान गरेको उच्च शिक्षा अध्ययन छात्रबृत्तिको सहयोगमा उहाँले सो उपाधि हासिल गर्नु भएको बताइएको छ । उक्त विषयमा विद्यावारिधि गर्ने नेपालमा उहाँ पहिलो व्यक्ति भएको जानकारहरुको भनाई छ । विद्यावारिधि उपाधि हासिल गर्नु भएका बस्न्यातले अलगपथ सँग कुराकानी गर्दै आफूले विद्यावारिधि उपाधि हासिल गर्ने क्रममा प्राप्त गरेको ज्ञान र सीप नेपालको सहकारीको विकास र प्रबर्द्धन लगायतका क्षेत्रमा उपयोग गर्ने योजना रहेको बताउनुभयो । उहाले ‘नेपालमा २९ हजार भन्दा बढी सहकारी संघ/संस्थाहरु छन् । सबै सहकारी संघ/संस्थाहरुमा न्युनतम ५ प्रतिशत रकम शिक्षा उप-समितिलाई तालिम/शिक्षा तथा अध्ययन/अनुसन्धानका लागि छुट्याउनु पर्ने ऐनमा व्यवस्था भएकोले सहकारी संघ/संस्थाहरुले त्यो रकमलाई आफ्ना शेयर सदस्यहरुका लागि राम्रो सँग शिक्षा/ तालिम तथा अध्ययन /अनुसन्धानमा लगाउन सक्दा सहकारीमा आवद्ध ७३ लाख भन्दा मानिसहरु लाभान्वित हुने छन् भने यसबाट सहकारीमा बेथिति कम गर्ने छ’, भन्नुभयो ।

Leave a Reply