वास्तविक सहकारीको अब विकास हुन्छ : रजिष्टार घिमिरे

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले ‘सहकारी संस्थाहरु जति बिग्रिनु बिग्रिए , अब वास्तविक सहकारीको विकास हुन्छ’, भन्नुभएको छ । बुधबार नेपाल सहकारी पत्रकार समाजको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित युनियन हाउसमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार घिमिरेले कोभिड-१९ लगायतका कारणले वित्तीय प्रणालीमा आएको समस्याले सहकारीमा पनि समस्या आएको भन्दै सम्पत्ति र दायित्वको एकिन तथ्यांक ल्याए सुशासनमा रहेका तर तरलता समस्या भएका सहकारी संस्थाहरुलाई बचतकर्ताको बचत फिर्ता गर्न कुलिङ पिरियड दिन सकिने बताउनुभयो । उहाँले उजुर नपरेका सहकारी संघ/संस्थाले श्वेतपत्र जारी गर्न नपर्ने तर सहकारी विभागमा उजुर परेका सहकारी संस्थाहरुका सञ्चालक र व्यवस्थापकलाई बोलाएर छलफल गरी श्वेतपत्र जारी गराएर बचतकर्ताहरुको बचत फिर्ता गर्ने प्रतिबद्धता गराई रिकोभर गर्ने गरी सहकारी विभागले क‍ोशिस गरिरहेको छ र अहिलेसम्म ४ वटा सहकारी संस्थाले श्वेतपत्र जारी गरेको जानकारी दिनुभयो । ऐन र नियमावली विपरीत कार्य गरेका सहकारी संघ/ संस्थालाई भने कानुन अनुसार कारबाही गर्न शुरु गरिएको बताउनुभयो ।

Leave a Reply