शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को कर्जाको व्याजदर १६ प्रतिशत कायम

काठमाडौं/ काठमाडौंकौ प्युखा, न्युरोडमा केन्द्रीय कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले यही असार २ गतेदेखि लागू हुने गरी कर्जाको व्याजदर १६ प्रतिशत कायम गरेको जनाएको छ । नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले निर्धारण गरेको सन्दर्भ व्याजदर र बजारको परिस्थिति अनुरुप सो व्याजदर कायम गरेको सोही संस्थाका सञ्चालक तथा सूचना अधिकारी अर्जुन विश्वकर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

उक्त संस्थाले केन्द्रीय कार्यालयका अतिरिक्त काठमाडौंको कालीमाटी,चावहिल,सामाखुशी , तिनकुने र हात्तीगौंडा , ललितपुरको लगनखेल , भक्तपुरको सूर्यविनायक , चितवनको लेखनाथचोक- भरतपुर र नुवाकोटको बट्टार-बिदुरमा सञ्चालित सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ । बट्टारमा गत असोजबाट सदस्य सेवाकेन्द्र सञ्चालन शुरु भएतापनि त्यसको औपचारिक उद्घाटन भने यही जेठ २७ गते बिदुर नगरपालिकाकी उप-मेयर प्रभा बोगटीले गर्नुभयो । १ हजार ५ सयभन्दा बढी शेयर सदस्य र ५ करोड रुपैया भन्दा माथि कारोबार रहेको त्यस सेवाकेन्द्रको औपचारिक उद्घाटन कार्यक्रममा उक्त संस्थाका अध्यक्ष नरेन्द्र विष्ट लगायतको उपस्थिति रहेको जनाइएको छ ।

२०६७ सालमा काठमाडौंको न्युरोडमा स्थापना यो संस्थाको रु. २ अर्ब ५० करोड भन्दाबढी कारोबार रहेको जनाइएको छ ।

Leave a Reply