भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा २०८२ आश्विन ३ गते शुभकामना पार्टी प्यालेस, कालाँचा–४, भक्तपुरमा त्यसै संस्थाका सदस्य नं. ९३५ का नारां कृष्ण त्यातको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा सम्पन्न भयो ।
साधारण सभा तयारी समितिका संयोजक एवं सो संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले साधारण सभामा उपस्थित सदस्यहरुलाई स्वागत गर्नुभएको उक्त साधारण सभाको प्रमुख अतिथि त्यातले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गनुभएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिव बिष्णुप्रसाद सुवाल, कोषाध्यक्ष रत्न केशरी सुखुपायो र लेखा सुपरीवेक्षण समितिका संयोजकबाट क्रमश प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सञ्चालक पुनेन्द्रप्रसाद कुसीले सञ्चालन गर्नुभएको साधारण सभामा त्यसै संस्थाका उत्कृष्ट ऋणी सदस्य १ जना, उत्कृष्ट नियमित बचतकर्ता १ जना, संरक्षित पूँजी फिर्ता कोष वितरणमा ऋण र बचत तर्फ बढी योगदान गर्ने २ जना, सदस्यता वृद्धिमा ४ जना, शेयर पूँजी बृद्धिमा ४ जना, २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थीहरु ३७ जना र बासुरी बाजा प्रशिक्षार्थी २८ जनालाई उक्त सम्मान-पत्र, कदर-पत्र वितरण गरिएको थियो ।
उक्त साधारण सभामा स्रोत व्यक्ति भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजुबाट ७५ प्रतिशतको हाराहारीमा उपस्थिति रहेको सदस्यहरुलाई सहकारी सम्बन्धी वित्तीय साक्षर गराउनु भएको थियो ।
सो अवसरमा सभाध्यक्ष राधेश्याम सुवालले साधारण सभाले पारित भएको छलफलका विषय माथि भएका निर्णयहरु प्रस्तुत गरी १२ जना सदस्य प्रतिनिधि चयन गरी माइन्यूट प्रमाणिकरण गराउनुका साथै साधारण सभा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरि साधारण सभा विसर्जन गर्नुभएको थियो ।
साधारण सभाको झलक :











