संरक्षित पूँजी फिर्ता कोषको रकम भुक्तानी लिन शेयर सदस्यहरुलाई वचन साकोसको अनुरोध

काठमाडौं/ काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुरुप बचत कारोवारका आधारमा ४० प्रतिशत र ऋण कारोवारको आधारमा ६० प्रतिशत संरक्षित पूँजी फिर्ता कोषको रकम आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्ने जनाएको छ । सोही संस्थाका सहायक प्रबन्ध निर्देशक देशराज बञ्जराद्वारा हस्ताक्षरित सूचनामा सो कुरा उल्लेख गर्दै संस्थामा बुझाउन बाँकी व्याज र नियमित बचत समयमा जम्मा गरी संरक्षित पूँजी फिर्ता कोषको फाइदा रकम लिन त्यसै संस्थाका शेयर सदस्यहरुलाई अनुरोध गरिएको छ ।

निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उक्त संस्थामा २६ करोड भन्दा माथि कूल कारोवार रहेको बताइएको छ ।

Leave a Reply