सक्रिय सहकारी सञ्जालको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न

सक्रिय सहकारी सञ्जालको आयोजनामा हालको परिस्थितिमासहकारी संस्थाका कर्मचारीहरुको संस्था एवं समाजप्रति योगदान र उत्तरदायित्वविषयक सचेतना कार्यक्रम शनिबार सम्पन्न भयो । काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रोमा आयोजित सो कार्यक्रमको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक समेत रहनु भएकी सक्रिय सञ्जालकी अध्यक्ष अमरावती बलामी महर्जनले सो कर्यक्रमको उद्घाटन गर्नुभयो । त्यस अवसरमा काठमाडौंको सितापाइलामा मुख्य कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष समेत रहेकी महर्जनले देशभर रहेका ३२ हजार सहकारी संघ/संस्थाहरु मध्ये २०० वटा जति सहकारी संस्था गल्ती गर्दैमा सबैलाई एउटै डालोमा हालेर सिङ्गो सहकारी अभियानको बद्नाम हुने गरी प्रचार गरिनु दु:खद भएको भन्दै हल्लाको पछि नलागी आफ्नो संस्थाको उद्देश्य अनुरुप काम गर्नुपर्छ र सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई शिक्षा/ तालिम कार्यक्रम लगायतका माध्यमबाट आफ्नो संस्थाको अवस्था गतिविधि तथा सहकारीको आवश्यकता र महत्वबारे बुझाउनुपर्छ’, भन्नुभयो ।

कार्यक्रममा काठमाडौंको चावहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अनन्त श्रेष्ठले

कार्यक्रमको सहजीकरण गर्दै सहकारी संस्थाका कर्मचारीहरुलाई आफ्नो संस्थाको लक्ष्य र उद्देश्यले बारेमा राम्रोसँग बुझाउन सकियो भने मात्रै सहकारीका बारेमा देखिएका भ्रम र समस्या समाधान हुने बताउनुभयो । त्यसै कार्यक्रममा सहजीकरण गर्दै सहकारी प्रशिक्षक राजकुमार श्रेष्ठले

सहकारी संघ/संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक सामाजिक क्रियाकलापहरु गरिरहेका छन् तर तिनको कतैबाट अडिट हुने गरेको छैन भन्दै सहकारीले गरेका सामाजिक क्रियाकलापको अडिट हुने र सहकारीलाई करमा छुट दिनु पर्ने बताउनुभयो । उहाँले समाजमा अन्य वित्तीय संस्था र सहकारी एउटै हो भन्ने भ्रम रहेकोले त्यो भ्रमलाई चिर्नु पर्ने बताउनुभयो ।

काठमाडौं र ललितपुरका गरी ३४ वटा सहकारी संस्था आबद्ध सक्रिय सहकारी सञ्जालको आयोजनमा सम्पन्न त्यस कार्यक्रमका सहभागीहरुले यो कार्यक्रम उपलब्धीमूलक भ को बताउनुभयो ।

Leave a Reply