सन्दर्भ व्याजदर पुनरावलोकन गर्न र क्यापिङ हटाउन राष्ट्रिय सहकारी महासंघको माग

राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालले सहकारी सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न र उक्त सन्दर्भ व्याजदरलाई क्यापिङको रुपमा नभई बजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानुनी व्यवस्था गर्न नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गरेको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्ति उक्त विषय उल्लेख छ ।

बैंक तथा अन्य वित्तीय संस्थाहरुले व्याजदर बढाएपछि त्यसको असर सहकारी क्षेत्रमा पनि परेको छ , सोही कारण सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्नु पर्ने आवाज सहकारी क्षेत्रमा सघन ढंगबाट उठिरहेको छ । यसैगरी सो महासंघले सहकारी कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सूचना कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरण गठन गर्न पनि नेपाल सरकार समक्ष पुन: माग गरेको छ ।

Leave a Reply