सहकारीबाट उठाएको कर सहकारीको विकास र प्रवर्द्धनमा खर्च गरियोस्

ललितपुर महानगरपालिका-६, कनिबहालमा रहेको शाक्य पुच: बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानेन्द्र शाक्यले राज्यले सहकारीको कर घटाउनु परो र सहकारीबाट उठाएको कर रकम राज्यले सहकारीको विकास र प्रवर्द्धनमा खर्च गर्नु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष शाक्यले स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यक्षेत्र भित्रका सहकारीको विकास र प्रवर्द्धनमूलक कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले ‘सहकारी अभियानको नेतृत्वले वर्षमा एक पटक सहकारी दिवस मनाएर मात्रै भएन – सहकारी दिवसको नारालाई सार्थक बनाउने गरी कार्य गर्नु परो’, भन्नुभयो । शाक्य पुच: साकोसको तरलता सहित वित्तीय अवस्थाको बारेमा अलगपथको जिज्ञासाको जवाफमा उहाँले हाम्रो यस संस्थाको तरलताको अवस्था सामान्य छ र यस संस्थामा गत चैत्र मसान्तसम्म शेयर सदस्य संख्या ८३५, शेयर पूँजी रु.१,२४,४१,८००, बचत संकलन रु.१७,१५,९४,४०६, कर्जा लगानी रु.१२,७५,५६,३१८ र जगेडा कोष रु.५०,५९,५१३ रहेको बताउनुभयो । अध्यक्ष शाक्यले ‘गत पुस १२ गते हाम्रो यो संस्थाको आयोजनामा संस्थागत विकास सम्बन्धी सहकारी शिक्षा तालिम सम्पन्न भयो । हाम्रो यो संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरु सहभागी उक्त तालिममा सहकारी प्रशिक्षक समेत रहनु भएका जिल्ला सहकारी संघ लि., ललितपुरका तत्कालीन सुपरीवेक्षण समिति संयोजक तथा त्यसै संघको सञ्चालक समितिका नवनिर्वाचित सचिव अनिल वीर बज्राचार्यले सहजीकरण गर्नु भएको थियो । हाम्रो यस संस्थाले चाडै नै आफ्ना शेयर सदस्यहरुको लागि सहकारी शिक्षा तालिम कार्यक्रम आयोजना गर्दैछ,’ भन्नुभयो । ‘आउदो जेठको दोस्रो हप्तामा हाम्रो यो संस्थाले आफ्ना जेष्ठ शेयर सदस्यहरुलाई धार्मिक भ्रमण गराउने कार्यक्रम तय गरेको छ,’ उहाँको भनाई छ ।

Leave a Reply