सहकारी विज्ञ डा.खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले सहकारी विज्ञ डा.खगराज शर्मालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । राष्टिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष सिफारिस समितिले सिफारिस गरेका सोही प्राधिकरणका संस्थापक अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल बिघटित राष्ट्रिय सहकारी विकास ब‍ोर्डका सदस्य सचिव भइसकेका सहकारी विज्ञ डा.खगराज शर्माको नाम उक्त प्राधिकरणको अध्यक्षमा पदकालागि सिफारिस गरेको थियो । सो समाचार सार्वजनिक भएसँगै नेकपा (एमाले)को सहकारी विभागका सदस्य समेत रहेका डा.शर्मा उक्त प्राधिकरणको अध्यक्ष बन्ने चर्चा चलेको थियो ।

…………………………………………………………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *