गाउँपालिका महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । ५ वर्षे कार्यकाल रहेको सो महासंघको उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही , महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा , सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार र कोषाध्यक्षमा डडेलधुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट तथा सदस्यमा गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल , बाराको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवाल , जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण धिताल , सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन , महोत्तरीको एकडरा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डल , गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा , सप्तरीको छिन्नमसता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी , सिन्धुलीको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहाल , डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा , ओखलढुङ्गाको चिसंखुगढी गाउछपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोला , रौतहटको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंह , कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान , नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया , डडेलधुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की , झापाको झापागाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई , कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना , पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरी , धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य , सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव , मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर , प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल, धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीतामाया गुरुङ, गोरखाको सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा , पाल्पाको बगनाशकाली गिउँपालिकाकी उपाध्यक्ष सरस्वती दर्लामी चिदी , इलामको चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी लावती नुवाकोटको तादी गाउँपालिकाकी उपाध्यक्ष सञ्जु प्याकुरेल , बागलुङको काँठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा , बाँकेको खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्ल , सल्यानको कालीमाटी गाउँपालिकाकी उपाध्यक्ष सनशिलता ओली र पाल्पाको तिनाउ गाउँपालिकाका वडा सदस्य भवानी न्यौपाने चयन हुनुभएको छ ।

मंगलबार सम्पन्न गाउँपालिका महासंघको महाधिवेशनले सर्वसम्मतीबाट उक्त महासंघको नयाँ कार्य समिति चयन गरेको हो । सबैभन्दा बढी गाउँपालिका जितेको नेपाली कांग्रेसको भागमा सो महासंघको अध्यक्ष र उपाध्यक्ष , नेकपा (एमाले)लाई महासचिव र सचिव तथा नेकपा (माके)को भागमा कोषाध्यक्ष परेको छ । घोषणा-पत्र समेत जारी गरेको उक्त महाधिवेशनमा भएको प्रतिनिधित्वको आधारमा पदाधिकारी तथा सदस्यको भागबण्डा गरेको जनाइएको छ ।

Leave a Reply