जथाभावी राखेका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले आफूखुसी जथाभावी राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउने कार्य गरिरहेको छ । मंगलबार काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीहरुले ले नयाँ बानेश्वर क्षेत्रमा जथाभावी घरको भित्तामा राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाएका थिए । यो कार्यलाई निरन्तरता दिने उनीहरुको भनाई छ । शहरको सौन्दर्यमा असर पर्ने गरी टाँगिएका काम नलाग्ने तार पनि हटाउने कार्य भइरहेको छ ।

यसैबीच काठमाडौं महानगरपालिका विजुलीका तारसँग जेलिएका त्रिभुवन विमानस्थल आसपासका रुख तथा रुखका हाँगा काट्ने कार्य पनि गरिरहेको जनाएको छ ।

Leave a Reply