पाँचतारा साकोसद्वारा जेष्ठ शेयर सदस्यहरुलाई दशैं भत्ता प्रदान

काठमाडौंको पेप्सीकोलास्थित सहकारी चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ७० वर्ष उमेर पुगेका ३५ जना जेष्ठ शेयर सदस्यहरुलाई रु.२ हजारका दरले दशैं भत्ता प्रदान गरेको छ । यही असोज ८ गते शनिबार सम्पन्न सो संस्थाको १५औं वार्षिक साधारण सभाको अवसरमा उहाँहरुलाई उक्त भत्ता प्रदान गरिएको हो । त्यसै अवसरमा सोही संस्थाका अध्यक्ष भोलानाथ पाठकले संस्थाका शेयर सदस्यहरु , कर्मचारीहरु तथा शुभचिन्तक सहित सम्पूर्ण देशबासीहरुमा बडादशैं-२०७९ को पावन अवसरमा सुख, शान्ति, सु-स्शास्थ्य , दीर्घायु र उत्तरोतर प्रगतिको कामना गरी शुभकामना व्यक्त गर्नुभयो ।

सोही संस्थाका जेष्ठ शेयर सदस्य लक्ष्मणप्रसाद आचार्यले उक्त साधारण सभाको उद्घाटन गर्नु भएको थियो । त्यस सभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष भोलानाथ पाठकले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको सक्रियता , शेयर सदस्य महानुभालहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताका कारण हाम्रो यो संस्था प्रतिकुल अलस्थामा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाको साधारण सभामा भाषण र उद्घाटन-सत्र जस्ता कार्यक्रम नगर्न जारी गरेको निर्देशन पालना गरी नेता बोलाएर बेतुकको भाषण गर्ने परम्परालाई तोडेर आफ्नै संस्थाका जेष्ठ शेयर सदस्यबाट यो साधारण सभाको उद्घाटन गरिएको बताउनुभयो । साधारण सभामा उहाँले त्यस संस्थाको गतिविधि र कार्यक्रम सहितको सञ्चालक समितिको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष कुमार विमलीद्वारा आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुशिल पृरसाईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भ एको थियो । सभ्य र भव्यताका साथ सम्पन्न त्यस साधारण सभामा शेयर सदस्यहरुले छलफल गरी ती प्रतिवेदनहरु पारित गरेका थिए । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा आर्जन गरेको खुद मुनाफा रु.२,२४ ,८८,००० बाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश र ८ प्रतिशत संरक्षित पूँजी फिर्ता कोषबाट रकम उपलब्ध गर्ने उल्लेख छ । यसैगरी ती प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको शेयर पूँजी रु. ७ करोड ७८ लाख , निक्षेप संकलन रु.५७,४१,२९,०००, कर्जा लगानी रु.७३,९०,६९,००० , जगेडा कोष रु.५,५०,४४,०००, अन्य कोषमा रु.४,५२,८४,०००, संस्थागत विकास कोषमा रु.१,०८,४६,००० रहेको उल्लेख छ ।

एटीएम सेवा र मोवाइल बैंकिङ सेवा जस्ता प्रविधि माध्यमबाट आफ्ना शेयर सदस्यहरुलाई छिटो , छरितो र गुणस्तरीय सेवा प्रवाह गरिरहेको त्यस संस्थाको यो साधारण सभाले संस्थाको एकीकरण , सदस्य सेवाकेन्द्र विस्तार र पाँचतारा बचत खातामा सहभागी शेयर सदस्यहरुलाई पेन्सन कार्यक्रम , कर्जा लगानी र कर्जा असुलीलाई प्रभावकारी बनाउने , परिवर्तित समय अनुरुप व्याजदरको हेरफेर र निर्धारण गर्ने लगायतका विषय पनि साधारण सभाले पारित गरेको छ ।

साधारण सभामा सो संस्थाले आफ्ना शेयर सदस्यहरुमा उद्यमशील उद्यमशीलताको विकास गर्ने उद्देश्यले सञ्चालन गरेको उद्यम खातामा ४५० जना सहभागी भएको जानकारी गराउदै सबै शेयर सदस्यहरुलाई यो खातामा सहभागी हुन आग्रह गरिएको थियो ।

Leave a Reply