मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.आजबाट १२औं वर्षमा प्रवेश

काठमाडौं / मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना भएको आजबाट ११औं वर्ष पूरा भई १२औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको माछापोखरीमा केन्द्रीय रहेको सो संस्थाका काठमाडौंकै थानकोट, कालीमाटी, न्युरोड, चावहिल र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालनमा छन् । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको सो संस्थाले वित्तीय र गैर-वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ । स्थापना भएको छोटो समयमा उक्त संस्थाले उल्लेख्य प्रगति गरेको देखिएको छ ।

त्यस संस्था स्थापना भएको ११औं वर्ष पूरा भई १२औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोही संस्थाका अध्यक्ष महाशंकर रेग्मीले उक्त संस्थाका शेयर सदस्यहरु, कर्मचारीहरु र संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा शुभकामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply