सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्न ललितपुरका सहकारी संघहरुको माग

जिल्ला सहकारी संघ लि., ललितपुर , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि.ले सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन सहित ५ बुँदे माग समावेश गरी सहकारी विभागमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् । बागमती प्रदेश सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन सहित ललितपुरको सहकारी अभियानका प्रतिनिधिहरु उपस्थित भएर बुझाइएको सो ध्यानाकर्षण पत्रमा जिल्ला सहकारी संघ लि.,ललितपुरका अध्यक्ष केदार गोर्खाली , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँ र ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष शरद महर्जनले हस्ताक्षर गर्नु भएको छ ।



यता बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाएपछि त्यसको असर सहकारी क्षेत्रमा परेको छ । त्यही कारण सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन हुन पर्ने आवाज सहकारी क्षेत्रमा उठिरहेको छ ।

उता बैक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाएको भन्दै त्यसको उद्योगी तथा व्यवसायीहरुले विरोध गरिरहेका छन् ।

Leave a Reply