सिलवाल, ढुंगेल र डा.रोक्का बर्खास्त

काठमाडौं/ नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रमेश सिलवाल , राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र साना व्यवसायी तथा युवा स्वरोजगार कोषका उपाध्यक्ष डा.देवराज(कल्याण) रोक्कालाई बर्खास्त गरेको जनाइएको छ । सिलवाल , ढुंगेल र डा.रोक्कालाई पूर्ववर्ती ओली सरकारले नियुक्त गरेको थियो । सिलवाल र ढुंगेल दोस्रो पटक र डा.रोक्कालाई पहिलो पटक नियुक्त गरिएको थियो ।

यही कार्तिक १ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले उहाँहरु तीनै जनालाई बर्खास्त गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको भनाई छ । यसैगरी नेपाल सरकारले हालै मालेमा सम्पन्न साफ च्याम्पियनसीप फुटवल खेलमा उप-विजेता बनेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई जनही रु.५ लाख र प्रशिक्षकहरुलाई जनही रु.३ लाख प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

२८ वर्षपछि पहिलो पटक साफ च्याम्पियनसीप फुटबलको यही शनिबार सम्पन्न फाइनल खेलमा भारतसँग नेपाल ३-० गोल अन्तरले पराजीत भएको थियो ।

Leave a Reply