५ दलीय गठबन्धन समन्वय समिति गठन

काठमाडौं/ नेपाली काँग्रेस, नेकपा(माके), नेकपा(एस), जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले राष्ट्रिय सभाको उप-निर्वाचन र सरकार सञ्चालनमा सहयोग गर्ने गरी नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ५ दलीय गठबन्धन समन्वय समिति गठन गरेको नेपाल सरकारका प्रबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । रोटेशनको आधारमा २/२ महिनामा संयोजक परिवर्तन हुने गरी गठन भएको उक्त समितिमा नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलसँगै नेता कृष्णप्रसाद सिटौला, नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेकपा (एस)का अध्यक्ष माधबकुमार नेपाल र अर्को १ जनाको नाम दिन बाँकी, जसपाका अध्यक्ष उपेन्द्र यादब र अर्को १ जनाको नाम दिन बाँकी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. र उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल तथा पदेन सदस्यमा नेपाल सरकारका प्रबक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहने र उक्त समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनु हुने प्रबक्ता कार्कीको भनाई छ ।

Leave a Reply