सारा विकास साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं/ काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १२औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सोही संस्थाको कार्यालयमा ३ दिनसम्म सञ्चालन भएको सो साधारण सभाबाट उक्त संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन उपर शेयर सदस्यहरु बीच छलफल भई पारित भएको छ ।

त्यसै संस्थाका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको यही पुस ३ गते शनिबार काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा सदस्य नरेन्द्र थापाले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले सारा विकास साकोसले गरेको प्रगति र यसले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै यसका उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उक्त अवसरमा सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाका शेयर सदस्यहरु ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले गर्दा कोरोना महामारीको विषम परिस्थितिमा पनि हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै शेयर सदस्य र कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७७/०७८ मा हाम्रो यस संस्थामा शेयर सदस्य संख्या ४६०, शेयर पूँजी रु.१,१७,२०,७००, निक्षेप संकलन रु.५,१३,०१,३०५, कर्जा लगानी रु.३,५२,६७,९२९/७२, खुद आम्दानी रु.८०,०८,८१४/४९, खुद कारोवार खर्च रु.६५,८७,४५६/०२ र मुनाफा रु १४,२१,३५८/४७ रहेको चालु आर्थिक वर्ष २०७८/०७९ मा शेयर पूँजी रु.१,५०,००,००० , कूल निक्षेप रु.९,००,००,००० र कर्जा लगानी रु.५,००,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो ।

सो संस्थाले आईएमई. रेमिट (IME Remit),प्रभु रेमिट (Prabhu Remit) , सिटी एक्सप्रेस रेमिट (City Express Remit) , आई पे (I-pay Remit) , वेस्टर्न यूनियन रेमिट (western union Remit) , हिमाल रेमिट (Himal Remit), नविल रेमिट (Nabil Remit) , नेपाल रेमिट (Nepal Remit) , जीएमई रेमिट (GME Remit) , एन आईसी रेमिट (NIC Remit ) र रेमिट टु नेपाल (Remit 2 Nepal) सँग सहकार्य गरी रेमिट सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

Leave a Reply