सिभिल साकोसका पूर्व अध्यक्ष इच्छाराज तामाङ पक्राउ

काठमाडौं/ काठमाडौंको सोल्टीमोडमा मुख्य कार्यालय रहेको सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.का पूर्व अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई सो संस्थाको रु.४६ करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । उक्त संस्थाको रु.४६ करोड ठगी गरेको किटानी सहित उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ( सीआईबी)मा परेपछि उनलाईअनुसन्धानका लागि प्रक्राउ गरेको सिआईबी स्रोतले जनाएको छ । उनीमाथि उक्त संस्थाको रकम सहकारी नीति र ऐन/ नियम विपरीत व्यक्तिगत फर्ममा लगाएको , घर कर्जा जस्ता आकर्षक अफर देखाएर ठगी गरेको जस्ता आरोप लगाइएको छ ।

सो संस्थामा देखिएको समस्या समाधानका लागि सहकारी अभियानका नेताहरुले बिगत लामो समयदेखि प्रयत्न गर्दै आएपनि त्यो प्रयत्न सफल नहुदा उनी पक्राउ परेको देखिएको छ ।

Leave a Reply